मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेसलाई चिढ्याएर चुनाव हुन सक्दैनः डा. खड्का

शुक्रबार, ०३ असार २०७३, १५ : २१
शुक्रबार, ०३ असार २०७३

काठमाडौ  – नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले भुकम्प पीडित र मधेसलाई रुवाउँदै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई चिढ्याएर मुलुकमा कुनै पनि चुनाव हुन नसक्ने ठोकुवा गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा उनले बजेटमार्फत विभिन्न क्षेत्रमा लगानी गरेर त्यसबाट चुनावमा फाईदा स्थिति र मंसिरसम्म सरकार कायम राख्ने योजनामा सरकारले चुनावको कार्यतालिका सार्वजनिक गरेको दावी गर्दै अहिले मुलुकमा निर्वाचन हुने बातावरण नबनिसकेको ठोकुवा गरे ।

साक्षात्कारमा डा. खड्काले भने,‘ यो सक्रमणकालको अन्त्य गर्ने विशेष निर्वाचन हो । यस्तो अवस्थामा प्रतिपक्षीसँग छलफल नै नगरी निर्वाचन हुन सक्दैन । मधेसलाई पनि अहिले हल्का रुपमा लिनु हुँदैन । एन कानून केही बनेको छैन । सरकारले बजेटको फाईदा उठाउन हतारमा निर्वाचनको कुरा गरेको हो ।

उनले निर्वाचनकोलागि सहमतिको सरकार बन्नु पर्ने भन्दै सहमतिको सरकारमा ठूलो पार्टी भएकोले पहिलो दावी काग्रेसको हुने भएपनि दोस्रो विकल्पको रुपमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तयारहुने भए नेपाली काग्रेसले सहयोग गर्ने स्पष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप