मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नेपालसँग सशंकित भएकाले चीनले तातोपानी नाका खोलेन : डा शेखर कोईराला

शुक्रबार, ०३ असार २०७३, १२ : २५
शुक्रबार, ०३ असार २०७३

काठमाडौं –नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले मूलूक अस्थिरता तर्फ अगाडी बढेकाले छिमेकीहरू सशंकित बनेको बताउँदै उत्तरी छिमेकी चीनले तातोपानी नाका नखोल्नू त्यसैको उदाहरण भएको बताएका छन् ।

नेपाली काँग्रेस दोलखा क्षेत्र नं २ ले चरिकोटमा आयोजना गरेको अगूवा कार्यकर्ता प्रशिक्षणको उदघाटन गर्दै डा कोईरालाले सार्वभौमिकताको पून: परिभाषित र ब्याख्या गरिनूपर्ने पनि बताएका हुन् ।

‘अब केवल भूगोलका आधारमा मात्रै नहेरी जलबायू परिबर्तन,मानवअधिकार,आतंकवाद र बिश्व बजारीकरण जस्ता कूराले केन्द्रमा राखेर सार्वभौमिकतालाई पून परिभाषित गरिनुपर्छ,' उनले भने ।

डा कोईरालाले नचाहिदो गफ गरेर बर्तमान सरकारले समय बर्बाद गरिरहेको समेत बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप