मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

तमलोपा महाधिवेशन : महन्थ ठाकुरलाई गोविन्द चौधरीको टक्कर

शुक्रबार, ०३ असार २०७३, १५ : ५३
शुक्रबार, ०३ असार २०७३

काठमाडांै– तराई मधेश लोकतान्त्रिक पार्टीको पहिलो महाधिवेशनको चहल पहलसँगै उम्मेदवारीको विषयमा पनि चर्चा शुरु भएको छ । १७ सदस्यीय पदाधिकारी हुने सो पदका लागि नेताहरु आ–आफ्नो उम्मेदवारी आन्तरिक रुपमा घोषणा गर्दै हिडेका छन् ।

पार्टीका अध्यक्ष महन्थ ठाकुरको विकल्प छैन भन्नेहरुका लागि यसपटक गोविन्द चौधरीले चुनौति दिने भएका छन् । महामन्त्री रहिसकेका गोविन्द चौधरीले पार्टीको अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । ठाकुरसँग दोस्रो सविधानसभा चुनावदेखि मतभेद रहेका चौधरीले महन्थ ठाकुरको विरुद्धमा अध्यक्षमा उम्मेदवारी दिएपछि पार्टीभित्र चर्चाको विषय बनेको छ ।

‘अध्यक्ष ठाकुर सर्वसम्मतिले अध्यक्ष हुने मान्छे तर चौधरीले उम्मेदवारी घोषणा गरि दिएर अप्ठ्यारोमा पारेका छन् ।’ तमलोपाका एक नेताले बताए ।

सविधानसभाका दुईटै चुनाव हारेका अध्यक्ष ठाकुरका लागि चौधरी चुनौति बन्न सक्ने नेताहरु बताउँछन् । तमलोपा समावेशी पार्टी नरहेको भन्दै चौधरीले समावेशीको नारा दिएर उम्मेदवारी दिन लागेका हुन् । तमलोपा बाहुनहरुको पार्टी हो भनि आरोप लाग्दै आएको छ । महाधिवेशनमा सो पार्टीका लागि समावेशी नै मुख्य मुद्दा बन्ने बताइएको छ ।

महाधिवेशनको तयारीमा नवलपरासीमा रहेका गोविन्द चौधरीले रातोपाटीसँग कुरा गर्दै भने, अध्यक्षको उम्मेदवारमा आफूलाई घोषणा गरिसकेको छ र त्यसैको तयारीमा लागेको बताए । ‘मेरो उम्मेदवारी कुनै व्यक्ति विशेषमा होइन, सिस्टमका लागि हुन्छ । पार्टीलाई समानुपातिक, समावेशी बनाउनका लागि मैले उम्मेदवारी दिन लागेको हुँ । ’ उनले भने ।

गोविन्द चौधरी गजेन्द्रनारायण सिंहसँगै राजनीतिकमा लागेका व्यक्ति हुन् । स्व.गजेन्द्रनारायण सिंह सद्भावना परिषद् गठन गरेपछि उनी सोही परिषद्मा विद्यार्थीको राजनीतिक शुरु गरेर पछि नेपाल सद्भावना पार्टी बनेपछि उनी महामन्त्री भएका थिए । पछि तमलोपा गठन हुन थालेपछि पार्टीमा महामन्त्री बनेका थिए ।

पहिलो सविधानसभाको बेला उनी सभासद् नभएपनि शिक्षा राज्य मन्त्री बनेका थिए । स्रोतका अनुसार दोस्रो सविधानसभामा पार्टीका अध्यक्ष महन्थ ठाकुरले समानुपातिक सभासद् बनाउने आश्वासन दिएर र प्रत्यक्षमा चुनाव लड्न दिएका थिएन । तर, पछि उनलाई समानुपातिक सभासद् बनाएका थिए । त्यसपछि गोविन्द चौधरी पार्टीबाट अलग थलग देखिन थालेका थिए । पार्टीमा निष्कृय भएर बसेका थिए । उनले अध्यक्षलाई अध्यक्षले उनलाई मन पराउँदन्थे । गोविन्द्र चौधरीले महन्थ ठाकुरको विरुद्धमा आफ्नो उम्मेदवारी घोषणा गरेर चर्चामा आएका छन् ।

अरु को को छन् उम्मेदवार ?

तीन जना उपाध्यक्ष हुनुपर्नेमा ह्रदयश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ला, वृषेशचन्द्र लाल र बीपी यादवले उपाध्यक्षमा दावी गरेका छन् ।

त्यस्तै तीनजना महामन्त्री हुनुपर्ने ठाउँमा जितेन्द्र सोनल, वृजेश गुप्ता, जंगीलाल यादव, उमााकन्त झा र जयप्रकाश ठाकुरले पनि महामन्त्रीको दावेदार छन् ।

त्यस्तै सहमहामन्त्रीका पाँचवटा सीट रहेका छन् त्यसमा श्रीमती पुष्पा ठाकुर, सुरेन्द्र झा, राजेन्द्र साह, सुरेश मण्डल, राकेश मिश्रा, रामप्रवेश बैठा, चन्दा चौधरी र पशुपति दयाल मिश्रले पनि दावी गरेका छन् ।

एकजना कोषाध्यक्षमा अनिता यादव, कविन्द्र ठाकुर र विमल श्रीवास्तवले दावी गरेका छन् भने दुई जना प्रवक्ता हालसम्म अकवाल अहमद खुलेर आएका छन् ।

महाधिवेशन नवलपरासीको रामग्राममा असार ६, ७ र ८ गते हुने भएको छ । पाँच गते १२.३० वजे कार्य सम्पादनको बैठक वसि उम्मेदवारहरुको टुगों लगाउने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप