मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

भूकम्प पीडितहरुलाई जापान पठाई दिन्छु भनी ठगी गर्ने जापाजी नागरिक पक्राउ

शुक्रबार, ०३ असार २०७३, १६ : ४५
शुक्रबार, ०३ असार २०७३

काठमाडौं – जापानमा आकर्षक जागिर लगाइदिनुभन्दै भूकम्पपीडितसँग लाखौं ठगी गर्ने जापानी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हिरोसी मोरिकावा रहेका छन् । उनीसँगै ठगीमा संलग्न लाजिम्पाट घर भएका ५० वर्षीय बज्र गुरुङ पनि रहेका छन् ।

दुवै मिलेर जापानमा पासोना नामको मल्टीनेश्नल कम्पनीको मेनेजर आफ्नो विगत ४५ बर्ष देखिको साथी भएकोले ८ लाखमा नै जापान पठाउने भनेर भूकम्पपीडितलाई लोभ्याउने गरेका थिए । जापानमा प्रति महिना ३ देखि ४ लाख रुपैया कमाई हुने भन्दै गोरखा घर हुने जनकराज ढकाल समेत १२ जनाबाट रु ११ लाख ३० हजार रकम लिएका थिए । जापान नपठाइ पीडितहरुसंग सम्पर्क विहिन भए पश्चात पीडितहरुले ठगीएको कुरा थाहा पाएका थिए । महानगरीय अपराध महाशाखामा उजुरी परेपछि खटिएको विशेष टोलीले मोरिकवा र गुरुङ्गलाई काठमाडौंको न्युरोडबाट पक्राउ गरेको थियो । दुवैलाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाईएको ।

उनीहरुले भूकुम्प पीडितको घरहरु भुकम्प प्रतिरोधी बनाई दिने भनि दोलखाको सिंगटीमा भुकम्प प्रतिरोधी घर निर्माण गर्ने तालिम संचालन गरेको र तालिम सम्पन्न पस्चात सजिलो गरि जापान जान सकिने भनि विभिन्न पीडितहरु संग ठूलो मात्रमा रकम लिएको हुन सक्ने देखिएको अनुमान गर्दै प्रहरीले अनुसन्धान कार्य जारी राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप