मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

प्रशासनको अवज्ञा गर्ने नौजना छुटे

शुक्रबार, ०३ असार २०७३, ०८ : ४५
शुक्रबार, ०३ असार २०७३

चितवन, ३ असार । प्रशासनको निर्देशन अवज्ञा गरेको भन्दै प्रहरीले हिजो बिहीबार पक्राउ गरेका शैक्षिक परामर्श केन्द्र र वैदेशिक रोजगार केन्द्रका सञ्चालक एवम् कर्मचारीलाई आज रिहा गरिएको छ ।

लिखित पत्र र सार्वजनिक सूचनामार्फत अनुमति लिएर मात्र सञ्चालन गर्न निर्देशन दिँदै आएको प्रशासनले हिजो गरेको अनुगमनका क्रममा बिना अनुमति सञ्चालन गरेको भन्दै चारवटा शैक्षिक परामर्श केन्द्र र वैदेशिक रोजगार केन्द्रका सञ्चालक र कर्मचारी गरी नौजनालाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरुमा चिवा एजुकेसन सेन्टर, गोल्डेन फ्युचर ओपन स्कुल, सेन्ट जेबियर्स इन्सिचिउट र ट्रष्ट नेपाल ओभरसिजसँग सम्बद्ध व्यक्तिहरु थिए । उनीहरुमध्ये चारजना सञ्चालक र पाँचजना कर्मचारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पक्राउ परेकालाई आवश्यक प्रक्रिया पूरा गरेर मात्र सञ्चालन गर्ने कबुलियत गराएर छाडिएको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले बताउनुभयो । बिना अनुमति परामर्श केन्द्र सञ्चालनमा आएको गुनासो आएपछि स्थानीय प्रशासनले अनुगमन र कारबाही प्रक्रियालाई कडाइका साथअघि बढाएको छ ।

जिल्लामा रहेका दुईसय भन्दा बढी त्यस्ता केन्द्रमध्ये प्रक्रियागत रुपमा सञ्चालनमा आएका १४ वटा रहेको प्रशासनले जनाएको छ । ती केन्द्रले तयारी कक्षा सञ्चालन गर्ने, विदेश पढ्न र काम गर्न पठाउने, विभिन्न भाषाका कक्षा सञ्चालन गर्ने गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप