मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

‘डाक्टरले  बाँच्दैनन्’ भनेका युवा २५ हजार खर्चेर फिट !

शुक्रबार, ०३ असार २०७३, १७ : ०८
शुक्रबार, ०३ असार २०७३

बर्दिबास–  महोत्तरीको सितापुर ४ रामनगरका १८ बर्षीय सुकदेव सदा मुसहरलाई डाक्टरले ‘अब बाँच्दैनन्’ भनेर दुई बर्ष अघि घोषणा गरेका थिए । तर, सुकदेवले अहिले पुर्नजीवन पाएका छन् ।

गरिब तथा विपन्न परिवारमा हुर्केका सुकदेव ४ बर्ष अघि विरामी भएका थिए । गाउँदेखि शहर बजारका धेरै स्वास्थ चौकी र अस्पतालमा हस्पिटलमा उपचार गराए ।  धेरै अस्पतालमा धाएपनि उनलाई निको भएको थिएन ।

१४ बर्षको उमेरमा विरामी परेपछि उनको परिवारमा चिन्ता बढ्यो । उनलाई ‘ब्लड क्यान्सर’ भएको चिकित्सकले सुनाएपछि घरपरिवारका झन् चिन्ता बढ्यो ।

सुकदेवको उपचारार्थ उनको वुवा जुगलले आफुसंग भएभरको सबै रुपैंया खर्चे । अन्तमा छोरो बचाउन भएको घडेरी साँहुलाई बन्दकी राखे । बन्दकीको राखेर आएको १० हजार रकम खर्चे पनि सुकदेव निको भएन ।  डाक्टरले ‘सुकदेव बाँच्दैनन्’  भनेर घोषणा गरेपछि परिवारमा चिन्ता बढ्यो ।

मन न हो । वुवा आमाका लागि यो संसारमा छोराछोरी नै ठूलो हुन्छ । छोरो बचाउन जुगलले महोत्तरी क्षेत्र नम्बरका निर्वाचित सांसद गिरिराजमणी पोखरेललाई सहयोगको लागि विन्ति गरे । स्थानीयले नेताका भनसुन गरिदिए ।

नेता पोखरेलले दुई बर्ष अघि उनलाई उपचारको लागि काठमाँडौं बोलाए । फेरी थप उपचारको लागि वीर अस्पताल उनले आफै लगे । पुरा शरीर जचाए । त्यहाँका डाक्टरले पनि सुकदेवलाई ‘बचाउन नसक्ने’ बताएका थिए ।

शिक्षामन्त्री समेत रहेका पोखरेलले चाइनिज आयुर्वेद औषधालयमा लिएर पुगे सुकदेवलाई । त्यहाँ चेकचाँज गरेर ६० हजारको औषधी खानु पर्ने डा. प्रतिमाले बताइन् ।

मन्त्रि पोखरेलले  भन्सुन गर्दा छुट गरेर ६० हजारको औषधी औषधालयले २५ हजारमा दियो । त्यो औषधी सुकदेवले खाए । उनी अहिले ठीक भएका छन् ।

३२ जेष्ठ २०७३ मा शिक्षा मन्त्रि पोखरेल सुकदेवको गाउँमा पुगेपछि उनले मन्त्रीलाई भेटन अरुभन्दा पहिला उनी हतारिएर आए । सुकदेवका साथी टुलुटुलु हेर्दै गर्दा उनले मन्त्रीसंग हात मिलाए । मन्त्रीले आफुसंगै उनलाई कुर्सीमा बसाए । अंगालो हाले । गाउँलेहरु हेरेको हेरैभए ।

संचारकर्मीहरुसंग मन्त्री पोखरेलले भने,‘डाक्टरले बाँच्दैन भनेको मान्छे आज सानो सहयोगले गर्दा पुर्नजीवन पाएको छ । म यिनलाई हेर्दा निकै खुशी हुन्छु ।’ मन्त्री पोखरेलले आफ्नो निजी लगानीमा उनको औषधी किनिदिएका थिए ।

अर्को जीवन पाएका सुकदेश अहिले स्थानीय राष्ट्रिय उच्च मावि भंगहा सितापुर सिद्धपुरमा कक्षा ९ मा अध्यनरत्त छन् । उनी भन्छन्,  ‘ इन्जिनियर बन्ने इच्छा छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप