मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

चितवन र वीरगंजबाट एक दर्जन नक्कली चिकित्सक पक्राउ

शुक्रबार, ०३ असार २०७३, १७ : २४
शुक्रबार, ०३ असार २०७३

चितवन  -  शैक्षिक प्रमाणपत्र नक्कली बनाई चिकित्सकको काम गर्दै आएका तीन चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामा डा रजनी अग्रवाल, डा सुनिल आचार्य र डा राजन पुरी छन् । केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालयको संयुक्त अनुगमन टोलीले अग्रवाल र आचार्यलाई भरतपुर–१० मा रहेको प्रगति पोलिक्लिनिकबाट र पुरीलाई गोर्खाको पालुङ्टारमा सञ्चालित शिविरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । उनीहरुको अनुसन्धान समेत केन्द्रीय अनुसन्धान ब्युरोले गर्ने र आवश्यकता हेरी मुद्दा दर्ता गरिने कुँवरले बताए । यता, अजौ सीबीआईको टोलीले वीरगञ्जबाट ८ जना डाक्टरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नाराणी अस्पताल र नेशनल मेडिकल कलेजमा कार्यरत डाक्टरहरु रहेका छन् छन् भने वीरगञ्जमा क्लिनिक सञ्चालन गरिरहेका पनि पक्राउ परेका छन् । डाक्टर पक्राउ परेपछि नेशनल मेडिकल कलेज र नारायणी अस्पतालका डाक्टर र कर्मचारीहरुले विरोध गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप