मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

जनकपुर घटनामा संलग्नलाई कारबाही माग

शुक्रबार, ०३ असार २०७३, १७ : ४७
शुक्रबार, ०३ असार २०७३

काठमाडौँ– विसं २०६२ मा जनकपुरमा प्रहरीद्वारा मारिएका राष्ट्रिय मानवअधिकार आयोगका कर्मचारी दयाराम परियारको परिवारले घटनामा संलग्नलाई कारबाहीको माग गरेका छन् ।

घटनाका दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै परियारकाको परिवारले आज सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दर्ता गराएको हो । जनआन्दोलनको पूर्वसन्ध्यामा जनकपुरको जनक चोकमा चैत ११ गते तत्कालीन प्रहरी निरीक्षक प्रकाशराज शर्मा नेतृत्वको टोलीले गोली चलाउँदा परियारलाई लागेको थियो । गोली लागेका परियारको उपचारकै क्रममा चैत १५ गते त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा निधन भएको थियो ।

यसअघि आयोगले परियार हत्याकाण्डको छानबिन गरी त्यहाँ गोली चलाउनुपर्ने कुनै कारण नदेखिएको र घटनामा प्रहरीले न्यूनतम मानवता पनि प्रदर्शन गर्न नसकेको जनाउँदै फौजदारी अभियोगमा कारबाही गर्न सरकारलाई सिफारिस समेत गरेको मृतकका दाजु प्रकाशचन्द्रको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप