मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पर्यटन प्रवद्र्धनको लागि दोस्रो योग दिवस मनाइँदै

शुक्रबार, ०३ असार २०७३, १८ : १२
शुक्रबार, ०३ असार २०७३
काठमाडौं  – नेपाल योग एसोसिएसनले यहि २१ जुन २०१६ का दिन ‘योग ध्यान, अध्यात्म र पर्यटन सँगसँगै’ भन्ने मुल नाराका साथ दोस्रो योग दिवस भव्यतापूर्वक मनाउने भएको छ । संयुक्त राष्ट्रसंघले विगत दुई वर्षदेखि हरेक वर्षको २१ जुनलाई विश्व योग दिवसको रुपमा मनाउँदै आएको छ । सोही अवसर पारेर संघले सो दिन नेपाल पर्यटन बोर्डको प्राङ्गणबाट योग तथा पर्यटन ¥याली गर्दै दरबारमार्गमा अवस्थित होटल उडल्याण्ड, काठमाडौंमा ध्यान तथा प्रणयम, योग, स्वास्थ्य र पर्यटन सम्बन्धि कार्यपत्र प्रस्तुतिलगायत विविधि कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ । विहान साढे ६ बजेदेखि ९ बजेसम्म सञ्चालन गरिने उक्त कार्यक्रमको लागि नेपाल पर्यटन बोर्डले पनि सहयोग गर्नेछ । शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एसोसिएशनका अध्यक्ष मोहन लम्सालले यस कार्यक्रममार्फत नेपालमा योग र अध्यात्मकको प्रचुर सम्भावना भएको हुनाले यो मुलुकको पर्यटन प्रवद्र्धन र विकासको एउटा आयमको रुपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याए । त्यसको लागि एसोसिएशनले विविध गतिविधि सञ्चालन गर्दै आइरहेको जानकारी समेत दिए । योग एउटा यस्तो चिज हो, जसको नियमित अभ्यास र अध्यात्मिक चिन्तनले मानिसको जीवनमा सकारात्मक उर्जा थप्नुका साथै स्वस्थ्य जीवन जिउनका लागि ठूलो मद्दत गर्दछ । जसको लागि नेपालमा रहेका हिमालय पर्वतहरु अनि नेपाल उपुक्त ठाउँ रहेको एसोसिएशनका उपाध्यक्ष कुमार थापा (अञ्जन) को भनाइ छ । पर्यटनका विविध आयमहरुमध्ये पछिल्लो समय योग पर्यटन बारेमा चर्चा परिचर्चा निक्कै सुनिन्छ । यसलाई थप व्यवस्थित रुपमा प्रवद्र्धन गर्नको लागि एसोसिएसनले संस्थागत रुपमा पहल गरिरहेको महासचिव राजन सिंखडाले बताए । एसोसिएशनकै अगुवाईमा पछिल्लो पटक योगलाई पर्यटनसँग जोडेर योग टे«किङ, योग टुर प्याकेज तथा विभिन्न स्तरका कक्षाहरु सञ्चालन गरिएको छ । यकिन तथ्यांक नभएपनि योगकै लागि वार्षिक सयौं पर्यटकहरु नेपाल आउने गरेको पाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप