मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

हाब्रेको छालासहित दुई पक्राउ

शुक्रबार, ०३ असार २०७३, १८ : २२
शुक्रबार, ०३ असार २०७३
रसुवा– बिक्रीवितरणका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले दुर्लभ हाब्रेको छाला सहित दुई युवालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा राम्चे गाविस–५ का रामकृष्ण वाइवा र सुजन तामाङ छन् । मोटरसाइकलबाट बिक्रीका लागि लैजाँदै गर्दा उनीहरुलाई केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालयको रसुवाको टोलीले बिहीबार राति धैबुङ गाविसको कालिकास्थानबाट छालासहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक अवदेश विष्टले बताए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ सम्बन्धी अपराध भएकाले कारबाहीका लागि उनीहरुलाई आजै लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप