मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

विराटनगरका तीन जना चिकित्सक पक्राउ

शुक्रबार, ०३ असार २०७३, १८ : २५
शुक्रबार, ०३ असार २०७३

मोरङ–विराटनगरका चर्चित तीन जना डाक्टरलाई आज प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर–६ स्थित लाइफ गार्ड अस्पतालका वरिष्ठ चिकित्सकको रुपमा काम गर्ने डा जावेदअख्तर अन्सारी, कोसी अञ्चल अस्पतालमा कार्यरत डा सञ्जय दास र ट्रमा सेन्टर विराटनगरमा कार्यरत डा. अब्दुल कलाम हक रहेका छन् । मोरङका प्रहरी प्रमुख सन्दीप भण्डारीले विराटनगरका तीन जना चिकित्सकलाई आज पक्राउ गरिएको पुष्टि गरे ।

उनले भने, “सिआइभीको विशेष टोलीले आज उनीहरुलाई अस्पतालबाटै पक्राउ गरेको हो । माथिको निर्देशन अनुसार पक्राउ गरिएकाले कारण थाहा नभएको प्रहरी प्रमुख एस्पी भण्डारीले बताए । हाल तीनै जना चिकित्सकलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

सम्भवतः उनीहरुलाई भोलिनै काठमाडौँ लैजाने तयारी हुँदैछ भण्डारीले भने । प्रहरीले चिकित्सकलाई पक्राउको कारण खुलस्त नखुलाए पनि तीनै जना चिकित्सकको नक्कली शैक्षिक प्रमाणपत्र रहेको बताइएकाले पक्राउ गरिएको अनुमान गरिएको छ । उनीहरुलाई काठमाडौँ लगी अनुसन्धान गरेपछि थप कुरा खुल्ने र प्रहरीले पत्रकार सम्मेलन गरेर जानकारी गराउने तयारी समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप