मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

महिला पुरुषको सहकार्यले समाजको विकास हुने : मन्त्री शर्मा

शुक्रबार, ०३ असार २०७३, १८ : २८
शुक्रबार, ०३ असार २०७३

काठमाडौँ– सामान्य प्रशासनमन्त्री रेखा शर्माले सफल जीवनका लागि महिला पुरुषबीच सहकार्य आवश्यक भएको बताएका छन् ।

आज यहाँ साइसा ब्युटि एन्ड हेल्थ केयर होमको बीसौँ वार्षिकोत्सवमा बोल्दै उनले महिला वा पुरुष अलग राखी समाज र देशको विकासको कल्पना गर्न नसकिने उल्लेख गरे ।

उनले भने– “नेपालमा राष्ट्र प्रमुखदेखि राज्यका उच्च तहमा महिला हुनुले विश्वमा हामी गर्व गर्न लायक छौँ । पुरुषको सहयोगबिना यी उपलब्धि सम्भव थिएन ।”

नेपाल प्रहरीका नायब महानिरीक्षक नवराज सिलवालले महिलाको सम्मानले मात्र घर र कार्यरत संस्थामा रहेका महिलालाई कार्य गर्ने सकारात्मक वातावरण सिर्जना हुने बताए ।

लोकगायिका कोमल वलीले महिलालाई सम्मान गर्ने परम्पराबाट मात्र सामाजिक परिवर्तन सम्भव हुने विचार राखे ।

साइसा ब्युटि एन्ड हेल्थ केयर होमका सञ्चालक सीता पाठकले महिलाको सुन्दरता स्वास्थ्यसँग पनि जोडिएकाले अहिलेको व्यस्त जीवनमा आफ्नो स्वास्थ्यको ख्याल राख्नु चुनौती भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप