मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

संविधान निर्माणपछि एमाले आर्थिक विकासमा केन्द्रित : नेता नेपाल

शुक्रबार, ०३ असार २०७३, १८ : ३८
शुक्रबार, ०३ असार २०७३

तनहुँ–एमालेका वरिष्ठ नेता एवम् पूर्व-प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेले देशमा आर्थिक विकासमा केन्द्रित भएर काम गर्ने बताएका छन् ।

नेकपा एमाले तनहुँको ९औँ व्यासनगरपालिकाको आज दमौलीमा आयोजित उद्घाटन कार्यक्रममा नेता नेपालले विगतमा एमालेले राजनीतिक क्रान्तिको अगुवाइ गरेकोले अब आर्थिक, सामाजिक र सांस्कृतिक क्रान्तिको अगुवाइ गर्ने बताए ।

एमालेको नेतृत्वमा नै देश अघि बढ्न सक्ने चर्चा गर्दै नेता नेपालले नेपाली जनताले समेत एमालेकै नेतृत्वमाथि आशा गरेको बताए ।

संविधान कार्यान्वयन चुनौतीपूर्ण रहेको भन्दै उनले स्थानीय निकायको चुनाव, प्रदेशको चुनाव र केन्द्रीय संसद्को चुनावको प्रक्रिया डेढ वर्षभित्र सम्पन्न हुने उनले दाबी गरे । उक्त अधिवेशन असार ३ र ४ गतेसम्म हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप