मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

आँधीका कारण दक्षिणी चीनमा चौध जनाको मृत्यु, सात बेपत्ता

शुक्रबार, ०३ असार २०७३, १८ : ५५
शुक्रबार, ०३ असार २०७३

बेइजिङ– चीनको दक्षिणी क्षेत्रमा ठूलो वर्षापछि आएको बाढीका कारण गत तीन दिनको अन्तरालमा १४ जनाको मृत्यु भएको छ भने सात जना बेपत्ता भएको राष्ट्रिय बाढी नियन्त्रण तथा खडेरी व्यवस्थापन कार्यालयले शुक्रबार जनाएको छ ।

तीन दिनदेखिको अविरल वर्षाका कारण दक्षिणी चीनका धेरै भूभाग डुबानमा परेका र नदीमा पानीको सतह उच्चतम् विन्दुमा पुगेपछि करिब एक लाख ३७ हजार मानिसलाई सुरक्षित स्थलतर्फ सारिएको छ ।

पछिल्लो आँधीका कारण चार अर्ब आठ करोड ९० लाख अमेरिकी डलर बराबरको क्षति पुगेको चीनले जनाएको छ ।

सन् २०१६ को सुरुदेखि अहिलेसम्म खराब मौसमका कारण उत्तरी चीनमा ९८ जनाको मृत्यु भएको र २७ जना बेपत्ता भएका छन् ।

यस वर्षमात्रै बाढीका कारण ३४ हजार घर भत्किँदा करिब २० अर्ब युयानको क्षति भएको चीनको अनुमान छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप