मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

घुस लिएको अभियोगमा गाविस सचिवविरुद्ध मु्द्दा

शुक्रबार, ०३ असार २०७३, १९ : ०१
शुक्रबार, ०३ असार २०७३

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदै गर्दा पक्राउ परेका भनिएका धनुषाको कठपुल्ला गाविसका सचिव निरसन साहविरुद्ध आरोपपत्र दायर गरेको छ ।

आयोगले सचिव साहलाई सेवाग्राहीसँग जग्गा नामसारीको सिफारिस दिने कार्यका लागि रु पाँच हजार घुस रकम लिएका अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा निजले कसुर गरेको पुष्टि भएको जनाउँदै कानुनबमोजिम दण्ड सजाय माग दाबी लिई आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप