मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

ओरलाण्डो हत्याकाण्डका मृतकप्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्यलाभका लागि दिप प्रज्वलन

शुक्रबार, ०३ असार २०७३, १९ : ०७
शुक्रबार, ०३ असार २०७३

काठमाडौं –नेपालका समलिंगी तेस्रोलिंगीहरुले अमेरिकाको ओरलाण्डो हत्याकाण्डका मृतकप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दिप प्रज्वलन गरेका छन् । नीलहिरा समाजले बसन्तपुर डबली पुगेर ओरलाण्डो घटनामा मृत्यु भएकाहरुको आत्माको शान्ति र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दिप प्रज्वलन गरेको हो ।

नीलहिरा समाजकी अध्यक्ष पिंकी गुरुङले यस्ता खालका घटना दोहोरिन नदिनका लागि विश्व सामू तत्काल भरपर्दो कदम चाल्न अपिल गरिन् । अध्यक्ष गुरुङले संसारका निश्चित कुनै एउटा कुनामा मात्र भएको प्रगतिप्रति आफूहरु खुसी नहुने बताउँदै विश्वका हरेक कुनामा रहेका यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको प्रगति भएको हेर्न र सुन्न चाहने बताइन् ।

उनले भनिन्, ‘नेपालका समलिंगी तेस्रोलिंगीहरु अधिकारका लागि ऐक्यबद्धता जाहेर गर्दछ ।’

कार्यकारी निर्देशक मनिषा ढकालले यस्ता घट्नामा गरिने शान्तिपूर्ण विरोधले नै विश्वभरिको ऐक्यबद्धता जुट्न सक्ने र भोलिका दिनमा त्यस्ता घटना नदोहोर्याउन विश्व समुदायलाई प्रेरणा प्राप्त हुने बताइन् ।

अमेरिकाको फ्लोरिडा राज्यको ओरलाण्डोस्थित समलिंगी रात्री क्लबमा आइतवार राती भएको घटनामा परी ४९ जना समलिंगीको मृत्यु भएको घटनाको विश्वभरका अधिकारकर्मीले भत्र्सना गरिरहेका छन् ।

केही महिनाअघि मात्रै बंगलादेशमा दुई जना समलिंगी अधिकारकर्मी एवं पत्रकारको हत्या भएको थियो । त्यस लगत्तै अमेरिका जस्तो विकसित मुलुकमा समलिंगीमाथि जघन्य घटना हुनुले विश्वभरका यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको ध्यानाकर्षण भएको नीलहिरा समाजले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप