मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

अति प्रभावित चौध जिल्लामा ८२ सामूहिक आवास निर्माण

शुक्रबार, ०३ असार २०७३, १९ : ३०
शुक्रबार, ०३ असार २०७३

काठमाडौँ–भूकम्प अति प्रभावित १४ जिल्लाका पीडितलाई वर्षाअगावै छानामुनि ल्याउन ८२ सामूहिक आवास निर्माण सुरु भएको छ ।

सहरी विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइले ४६ र नेपाली सेनाले ३६ आवास निर्माण गरिरहेको प्राधिकरणका सहप्रवक्ता डा भीष्मकुमार भुसालले जानकारी दिए । थप चार सामूहिक आवास निर्माणका लागि बोलपत्र प्रक्रिया जारी रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

धादिङमा मन्त्रालय र सेनाले पाँच पाँच नुवाकोटमा मन्त्रालयले तीन र सेनाले चार, रसुवामा मन्त्रालयले चार र सेनाले दुई , सिन्धुपाल्चोकमा मन्त्रालय र सेना दुवैले चार चार , काभ्रेपलाञ्चोकमा मन्त्रालयले ११ र सेनाले दुई , दोलखामा मन्त्रालयले चार र सेनाले एक, रामेछापमा मन्त्रालय र सेना दुवैले तीन तीन, सिन्धुलीमा मन्त्रालयले दुई र सेनाले तीन, मकवानपुरमा मन्त्रालय र सेना दुवैले पाँच पाँच, ओखलढुङ्गामा मन्त्रालयले पाँच र सेनाले दुई , गोरखामा सेनाले पाँचसामूहिक आवास निर्माण गर्ने कार्यक्रम सुरु भएको छ ।

जिल्ला दैवीप्रकोप उद्धार समितिको निर्णय र माग अनुसार सामूहिक आवास निर्माण अघि बढेको हो । सामूहिक आवास भवनलाई पछि आवश्यकतानुसार सामुदायिक काममा पनि प्रयोग गरिने सहप्रवक्ता भुसालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप