मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

जीप दुर्घटनामा एक दर्जन घाइते

शुक्रबार, ०३ असार २०७३, १९ : ५२
शुक्रबार, ०३ असार २०७३

सल्यान–सल्यानमा भएको जीप दुर्घटनामा परी एक दर्जनभन्दा बढि घाइते भएका छन् । आज दिउँसो दाङ तुलसीपुरबाट सल्यान झिम्पेका लागि छुटेको ग१ज ५६६४ नम्बरको जीप झिम्पे गाउँ विकास समिति वडा नम्बर–३ पेदिखोलामा दुर्घटना हुँदा १३ जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा झिम्पे–४ का ७५ वर्षीय भीमबहादुर वली, शोही वडाका २८ वर्षीय रमेश वली, ७–का ३५ वर्षीया दोला वली, ५–की २९ वर्षीया गीता खत्री, सोही वडाका वर्ष ३३ का चित्र बहादुर केसी, ७–की २५ वर्षीया कमला विक, ७–कै २५ वर्षीया यमा खड्का, २–की ३० वर्षीया कमला विष्ट रहेका छन् । गाडी उकालोमा चढ्न नसकी व्याक हुदाँ दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । बाँकीको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप