मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

संविधान कार्यान्वयनका लागि कानुन निर्माण गर्नु मुख्य चुनौती

शुक्रबार, ०३ असार २०७३, २१ : २८
शुक्रबार, ०३ असार २०७३

काठमाडौँ- एसिया तथा प्रशान्त क्षेत्रीय वकिलको छैटौँ सम्मेलन आजदेखि यहाँ सुरु भएको छ । प्रगतिशील कानुन व्यवसायी र नेपाल शान्ति तथा ऐक्यबद्धता परिषद्को आयोजनामा भएको सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका अधिकार र सामाजिक कानुनलाई वर्तमान संविधानले समेटेको प्रस्ट पारे  । उनले संविधान कार्यान्वयनका लागि कानुन निर्माण गर्नु अहिलेको मुख्य चुनौती भएको बताए  । सो अवसरमा उपप्रधानमन्त्री भीमबहादुर रावलले संविधानले कसैको अधिकारलाई विभेद नगरेको बताउँदै संविधानको कार्यान्वयन गरेर मुलुकमा विभिन्न निर्वाचन गराइने छ भने  । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले धर्मनिरपेक्षता, समावेशिता र सङ्घीयतालाई समेटेर संविधान निर्माण भएको बताउँदै कानुनले यसलाई पूर्णता दिनुपर्छ भने । तत्कालीन सभाध्यक्ष सुवास नेम्वाङले भूकम्प र नाकाबन्दीका बीचमा संविधान जारी भए पनि संविधानले कानुनी क्षेत्रमा प्रशस्त अधिकार दिएको उल्लेख गरे  । तीनदिने सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका कानुन क्षेत्रमा देखिएका समस्याबारे छलफल हुनेछ । तेइस देशका प्रतिनिधिको सहभागिता रहेको सो सम्मेलनमा नेपालका कानुन व्यवसायीसहित ३०० प्रतिनिधिको सहभागिता छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप