मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

धर्म परिवर्तन गराउन खोजेको आरोपमा पक्राउ परेका ८ क्रिष्चियन रिहा

शुक्रबार, ०३ असार २०७३, २१ : ३०
शुक्रबार, ०३ असार २०७३
दोलखा, ३ असार –मोर्डन नेपाल बोर्डिङ स्कुल र माउन्ट भ्याली बोर्डिङ स्कुलका विद्यार्थीलाई जबर्जस्ती धर्म परिवर्तन गराउन खोजेको आरोपमा केही दिनअघि पक्राउ परेका आठ इसाई धर्मावलम्बी शुक्रबार रिहा भएका छन् । यही जेठ २७ गते सदरमुकाम चरीकोटबाट पक्राउ परेका तिनलाई प्रहरीले शुक्रबार अपराह्न जिल्ला अदालतमा पेस गरेकामा अदालतले रिहा गरिएको हो । रिहा हुनेमा स्थानीय पादरी शक्ति पाख्रिन, टिच नेपालका प्रतिनिधि बनिता डङ्गोल, बालकृष्ण राई, फिलिप तामाङ, किरण दाहाल, भीमबहादुर तामाङ, चरीकोटस्थित माउन्ट भ्याली बोर्डिङका प्रिन्सिपल प्रकाश प्रधान र मोर्डन नेपालका प्रिन्सिपल विमल शाही छन् । जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको एकल इजलासले इसाइ धर्मका पाँच प्रचारकलाई जनही रु १० हजार र अन्यलाई साधारण तारेखमा रिहा गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप