मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

तीन महिला धरौटीमा रिहा

शुक्रबार, ०३ असार २०७३, २१ : ३२
शुक्रबार, ०३ असार २०७३

बैतडी - जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा गुणराज अवस्थीमाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका तीन महिला आज धरौटीमा रिहा भएका छन् । तेह्र दिनको प्रहरी हिरासतपछि आज स्थानीय प्रशासनले जनही रु १० हजार धरौटी लिएर उनीहरुलाई रिहा गरेको हो । एम्बुलेन्सका विषयलाई लिएर गत जेठ २३ गते डा. अवस्थीलाई अस्पतालमै कालोमोसो दलिएको थियो । दशरथचन्द नगरपालिका–१ बाडीलेकका पार्वती भुल, गङ्गा भुल र राधा भुल हिरासतमा थिए । उक्त घटनामा संलग्न भनिएकामध्येका रमेश कोली अझै प्रहरीले फेला पार्न नसकेको प्रजिअ किशोरकुमार चौधरीले बताउनुभयो । जेठ २२ गते दशरथचन्द नगरपालिका १ की गर्भवती हीरा भुल जिल्ला अस्पताल आएकी र अस्पतालबाट सिफारिस गर्नुपर्दा निःशुल्क एम्बुलेन्स नदिइएको आरोपमा कार्यालयमै स्थानीय महिलाले जेठ २३ गते डा अवस्थीमाथि दुव्यर्वहार गर्दै कालोमोसो दलेका थिए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप