मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

एमालेमा प्रदेश कमिटी बन्दै

शनिबार, ०४ असार २०७३, १० : ४५
शनिबार, ०४ असार २०७३

काठमाडौँ– नेकपा एमालेले नयाँ संविधानबमोजिम पार्टीलाई सात वटा प्रदेशस्तरीय कमिटी बनाउने गृहकार्य पूरा गरेको छ ।

आज बस्ने पार्टीको स्थायी कमिटीको बैठकमा प्रदेश कमिटीको खाकाबारे छलफल हुने पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिए ।

गत जेठ २४ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समितिको बैठकले प्रदेश सङ्गठन कमिटीको गृहकार्य गरी पेस गर्न केन्द्रीय सङ्गठन विभाग र सचिवालयलाई जिम्मा दिएको थियो ।

प्रदेश कमिटीमा संयोजक, पदाधिकारी वा स्थायी कमिटी सदस्य कोबाट गर्ने, सदस्यमा केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष, पूर्व जिल्ला अध्यक्ष वा क–कसलाई राख्ने भन्नेबारेमा विभागले खाका तयार गरेको बुझिएको छ ।

यसअघि एमालेको केन्द्रीय कमिटीको बैठकले प्रदेश कमिटीमा जाने सैद्धान्तिक निर्णय गरेको थियो । हाल एमालेमा केन्द्रीय कमिटी मातहतमा विभिन्न अञ्चल समन्वय कमिटी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप