मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

निर्वाचन सम्भव छैनः सिंह

शनिबार, ०४ असार २०७३, १२ : १९
शनिबार, ०४ असार २०७३

काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले छलफलबिना ल्याइएको निर्वाचन तालिकाले निर्वाचन सम्भव नभएको बताएका छन् । काँग्रेस नागार्जुन–३ वडा कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले सरकारले एकपक्षीय ढङ्गले तोकेको निर्वाचन तालिकाले निर्वाचन सम्भव नभएको बताए । उनले भने, “सरकारले व्यवस्थापिका–संसद्को प्रमुख प्रतिपक्षलाई बाहिर राखेर निर्वाचन तोकेको छ, यो हामीलाई मान्य छैन ।”

नेता सिंहले सरकार सत्ता टिकाउनका लागि निर्वाचनको नारा दिएर मुलुकमा राजनीतिक सहमतिको बाधक बनेको बताउँदै सबैको सहमतिमा मिति तोक्न सरकारलाई आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप