मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

भिजिट भिषामा युएई अाएका एक नेपालीको मृत्यु

शनिबार, ०४ असार २०७३, १२ : २४
शनिबार, ०४ असार २०७३

युएई-भिजिट भिजामा युएई आएका एक नेपालीको हृदयघातका कारण मृत्यु भएको छ ।

झापा धाईजन ३ का विशाल मेचेलाई हृदयघात भएपछि उपचारको शिलसिलामा अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो। दुई साता अधि भिजिट भिषामा युएई छिरेका २१ बर्षिय बिशाल अाफ्नै दाजु अमित मेचेको कोठामा बस्दै अाएका थिए।

भिजिट भिजामा आएका मृतको शव नेपाल लैजान खर्चीलो हुने भएकोले उनका दाजु अमितले सहयोग गर्न युएईमा भएका सबै संघ संस्थालाइ अपिल गरेका छन्। उनको शव अहिले कासमिरा अस्पताल शारजाहामा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप