मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

देशभरका अस्पताल ठप्प पार्ने चिकित्सक संघको चेतावनी

शनिबार, ०४ असार २०७३, १३ : ००
शनिबार, ०४ असार २०७३

काठमाडौं– नेपाल चिकित्सक संघले देशप्यापीरुपमा अस्पताल बन्द गर्ने चेतावनी दिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार पर्सा, चितवन र विरानगरमा नक्कली भएको आरोपमा केहि चिकित्सकलाई पक्राउ गरेपछि संघले यस्तो चेतावनी दिएको हो ।

संघका अध्यक्ष अञ्जनीकुमार झाले सस्तो लोकप्रियता कमाउन सीआईबीले चिकित्सकमाथि धरपकड गरेको आरोप लगाए ।

उनले कार्यक्षेत्रमा खटिएका चिकित्सकमाथि नक्कली भएको आरोपमा पक्राउ गरिनु लोकतन्त्रमाथिकै ठाडो हस्तक्षेप भएको आरोप लगाउँदै यसविरुद्व आफूहरुले संघर्ष गर्ने बताए । उनले आज दिउँसो संघको आकस्मिक बैठक डाकिएको भन्दै बैठकले आवश्यक आन्दोलनको कार्यक्रम तय गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप