मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

महिलाहरुको साना उद्योगमा चासो बढ्दै

शनिबार, ०४ असार २०७३, १३ : ०७
शनिबार, ०४ असार २०७३

प्यूठान–पछिल्लो समय उद्योग तथा व्यवसायमा महिलाको चासो बढ्दै गएको छ ।घरायसी काम बाहेक अन्य कार्यमा हात नहाल्ने महिलाहरु अहिले भने विभिन्न सीप सिक्न र आत्मनिर्भर बन्न थालेका छन् ।

ग्रामीण आर्थिक विकास मञ्च खलंगाको आयोजना र घरेलु तथा साना उद्योग विकास समिति, लघु उद्यम विकास कार्यक्रमको सहयोगमा तीन जना महिलाले हाते होजियारी तालिम लिएका छन् ।

धरमपानी गाविसका खिमा पुन, दिना पुन र मिना पुनले २० दिने हाते होजियारी तालिम लिएर आयआर्जनको बाटोमा अघि बढेका छन् ।

उनीहरुले गलबन्दी, झोला, मोजा, दोपट्टा, पञ्जा, टोपी लगायतका सामाग्रीहरु बुन्न सक्षम भएको बताउँछन् । निशान लघु उद्यमी समुहका सदस्य खिमा पुनले भनिन–‘ ८ दिने उद्यमशिलता तालिमबाट व्यवसाय छनोट गरेका हौं ।’ तालिम पछि गाउँमै संयुक्त रुपमा व्यवसाय सञ्चालन गर्ने उनले बताइन । ‘समुहमा बसेर काम गर्ने योजना छ,’ उनले भनिन्,‘गाविसमा साझा सुविधा केन्द्र पनि बन्दैछ ।’

हाते होजियारी उनी पसल तथा तालिम केन्द्र पुण्योखोलामा उनीहरुले सीप सिक्दै आएका छन् । प्रशिक्षक रिमा केसीले पछिल्लो समय धैरै महिलाहरुले सीप सिकेर काम गर्दै आएको बताउछिन् ।

हातैले बनाउने सामानहरु आर्कषक र बलियो हुने हुदाँ विक्रीको लागि समस्या नपर्ने के.सी. बताउछिन् । उनी भन्छिन–‘हातले बुन्ने सामाग्रीहरु धेरै समय लाग्ने हुंदा अलि महंगो पर्छ, तर विक्री गर्न समस्या छैन् ।’ आफूले बनाएका सामानले सिजन अनुसार राम्रो बजार पाएको उनको भनाई छ ।

२०६३ साल देखि जिल्ला भित्र र बाह्य जिल्लाहरुमा तालिम दिंदै आएको केसीले बताइन् । उद्यमीहरुको मागको आधारमा सीप तालिम दिएको ग्रामीण आर्थिक विकास मञ्चका कार्यक्रम संयोजक रन्जना श्रेष्ठले बताइन् ।

‘उद्यमीको मागमा आधरित तालिम सञ्चालन गरेका छौं,’ श्रेष्ठले भनिन्,‘धरमपानीमा व्यवसाय गर्न साझा सुविधा केन्द्र भवन पनि बनाउन लागेका छौं ।’ भवन निर्माणको प्रक्रिया अगाडी बढेको उनले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप