मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पोखरामा माइक्रोबस पल्टियो, १५ घाइते

शनिबार, ०४ असार २०७३, १३ : ४७
शनिबार, ०४ असार २०७३

पोखरा– कास्कीको भरतपोखरीबाट पोखरातर्पतर्फ आइरहेको ग १ ख ३४२६ नंको माइक्रोबस आज बिहान पोखरा– १७ को दोबिल्लामा पल्टँदा १५ जना घाइते भएका छन् । तीव्र गतिमा गुडिरहेको सो माइक्रोबस फुस्रे खोलामाथि बनेको पुलमा एक्कासि ब्रेक लगाउँदा सडकभन्दा तीन फि तल खसेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता गजुसिद्धि वज्राचार्यले जानकारी दिए ।

दुर्घटनाका घाइतेमध्ये ११ जनाको मनिपाल शिक्षण अस्पताल र चार जनाको नमस्ते अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ । दुर्घटनामा बस चालक पनि घाइते भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप