मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

‘नेत्रहीन’ का लागि शुरु भयो पोर्न च्यानल

शनिबार, ०४ असार २०७३, १४ : ३५
शनिबार, ०४ असार २०७३

संसारको सवैभन्दा ठूलो पोर्न साइट पोर्न हव ले नेत्रहीनका लागि एक च्यान शुरु गरेको छ । पोर्न हवले खास गरेर नेत्रहीनका लागि यो च्यानल शुरु गरेको हो । नेत्रहीन अव सुन्न सक्छन् कि पोर्न फिल्म के हो भन्ने । यसमा एक व्यक्तिका आवाजको माध्यमबाट यो बताइन्छ कि मोडलले के लगाएकी छिन् । त्यति मात्र होइन, आवाजबाटै मोडलको हाउभाउ पनि बताइन्छ र आसन पनि । एडल्ट पोर्न साईट पोर्न हवले भनेको छ कि डिस्क्राइब्ड डिडियो सेक्सनका युजरका अनुसार यस्तो बनाइएको छ, जसबाट सीनको पुरा आनन्द लिन सकिने विश्वास गरिएको छ । साइटले अगाडि भनेको छ, हाम्रो उदेश्य सबै प्रयोगकर्ताको चाहना पुरा गर्नु हो । यस सेक्सनमा अहिले ५० भिडियो छन् । महिला मैत्री भिडियो तेस्रो लिंगी, पुरुष र समलिंगीका लागि तयार गरिएको हो हरेक भिडियोको आवाजमा व्यवसायिक आवकज रेकर्ड गरिएको छ । पोर्न हवको भनाई छ कि उसले सवै नेत्रहीनसम्म आफ्नो साइट कसरी सजिलै पुग्छ भन्ने विषयमा थप छलफल गरिरहेको छ । ्यो साइटका अध्यक्ष कोरी प्राइसले भनेका छन्, ‘हाम्रो उदेश्य पोर्न हवका सवै प्रयोगकर्ताको आबश्यक अनुसार सेवा प्रदान गर्नु हो । यसैकारण हामीले व्यक्तिगत रुपमा कनटेन्ट सवैको पहुँचमा होस भन्ने चाहेका छौँ । हाम्रो प्रयोगकर्ताको रुचि र सुझाव अनुसार नेत्रहीनको लागि कन्टेन्ट तयार भएका हुन । हामीलाई आशा छ, यसले ती नेत्रहीनहरुमाथि न्याय हुनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप