मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

लाग्यो असारः 'काम गर्ने युवा भएनन् कसरी खेती चलाउने ?'

शनिबार, ०४ असार २०७३, १४ : ५७
शनिबार, ०४ असार २०७३

भक्तपुर – असार महिनालाई मानो रोपेर मुरी फलाउने महिनाको रुपमा लिइन्छ । समयमा नै वर्षात् भएकाले यो वर्ष भक्तपुरका किसानहरुलाई राहत महशुस भएको छ । असारको पहिलो सातामै उल्लेख्य वर्षा भएकाले भक्तपुरका धेरै किसानले रोपाई सकिसकेका छन् । तर धान रोप्ने समयमा काम गर्ने खेताला नहुदाँ धेरै किसानलाई अहिले निकै समस्या परेको छ । कामको खोजीमा दैनिक १ हजार हाराहारीमा युवाहरु विदेशीने क्रम बढेसंगै बजार र काठ क्षेत्र तिर काम गर्ने जनशक्तिको समेत अभाव हुन थालेको हो । ‘समय मै पानी परेर धान रोप्न सजिलो भयो तर के गर्नु काम गर्ने मान्छे नै भएनन्’, भक्तपुर नगरपाली वडा नं. ४ का किसान पुरुषोत्तम प्रजापतीले भने । रोपाईँको लागि लाँठे र रोपार चाहिने तर काम गर्ने कोही नभएको भक्तपुर नगरपालीका वडा नं. १ का किसान श्याम कोजुले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप