मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मसानघाटमा आपत आएपछि मलामीको भागाभाग

शनिबार, ०४ असार २०७३, १५ : ३७
शनिबार, ०४ असार २०७३

एक व्यक्तिको अन्तिम दाहसंस्कारका लागि मसानघाट लिएर जाने मलामी नै ज्यान बचाएर भाग्न परेको छ । यस्तो घटनामा २४ व्यक्ति त घायल नै भएका छन् ।

घटना भारतको हिमाचल प्रदेशको उना जिल्लाको हो । यहाँ गाँउका मानिस शव लिएर मसानघाट गएका थिए, त्यहाँ उनीहरुलाई मौरीले अचानक हमला गरे । मौरीको टोकाइबाट दुई दर्जन व्यक्ति गंभीर घाइते भएका छन् । घटनाका बेला मानिसहरु आत्तिएका थिए । कतिपय मानिस ज्यान बचाउन जमिनमै सुतेका थिए ।

घाइतेको उपचारका लागि अस्पताल भर्ना गरिएको छ । डंगाहखास गाँउका पूर्वप्रधाज पदम जयसवालका भाइ राजेन्द्रको अन्तिम संस्कारका लागि गाँउलेहर मसानघाट भएका थिए । यो शुक्रवारको घटना हो । हिमालको प्रर्यटन विभागबाट सेवानिवृत राजेन्द्र समाजसेवी थिए । त्यहीँ कारण उनको दाहसंस्कारमा धेरै मानिस गएका थिए । मानिसहरु मसानघाटमा दाउरा जम्मा गरेर दागवत्ती दिने तयारी गर्दै थिए । त्यही बेला एक बादरले नजिकको रुखमा उत्पात मच्चायो । रुखमा माहुरीको गोलो थियो । जव बादरले रुख हल्लायो, रिसाएका माहुरीले मसानघाटमा जम्मा भएका मानिसहरुमाथि टोक्न शुरु गरे । घटनामा भाजपाका प्रदेश कार्यकारीणी सदस्य पनि थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप