मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

‘मिस टुरिजम’को आवेदन असार ५ बाट साउन ५ सम्म खुल्ला

शनिबार, ०४ असार २०७३, १७ : १६
शनिबार, ०४ असार २०७३
काठमाडौं–प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी भदौ २५ (सेप्टेम्बर १० ) मा आयोजना गर्न गईरहेको ‘मिस टुरिजम–२०१६’ का लागि भोलि असार ५ गतेबाट देशभर आवेदन खुल्ला गरेको छ । ‘मिस टुरिजम–२०१६’ लाई सभ्य र विवादरहित बनाउन सिंगो पर्यटन क्षेत्रसँग सहकार्य गरेर यसको आयोजना गरिने प्वाईन्ट मिडिया प्रा.लिका प्रबन्ध निर्देशक नविन काफ्लेले बताए । आगामी भदौ २५ (सेप्टेम्वर १०) का दिन आयोजना हुने ‘मिस टुरिजम–२०१६’ का लागि १८ देखि २५ वर्ष उमेर समूहका अविवाहित नेपाली महिलाहरुले आगामी साउन ५ गतेसम्म आवेदन दिन पाउनेछन । आवेदन दिने मिति सकिएपश्चात काठमाडौंका साथै पर्यटकीय स्थलहरु पोखरा र चितवनमा अडिसन लिईने छ । ‘मिस टुरिजम–२०१६’ लाई एक स्कुटर, मिस टुरिजम फस्ट रनर अप–२०१६ लाई ३० हजार रुपैयाँ र मिस टुरिजम सेकेण्ड रनर अप–२०१६ लाई नगद २० हजार नगद रुपैयाँ प्रदान गर्नुका साथै पर्यटन क्षेत्रमा अन्य अवसरहरु प्रदान गरिने प्वाईन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक काफ्लेले बताए । आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय पर्यटन पत्रकार संघ(नाटोज) का अध्यक्ष शिव अधिकारीले मिस टुरिजम पर्यटन क्षेत्रकै नयाँ विषयवस्तु भएकोले यसलाई सफल पार्न नाटोजको सम्पूर्ण समर्थन रहने बताए । मिस टुरिजमलाई पर्यटकिय गन्तव्यहरुको प्रबद्र्धनमा नयाँ ढंगले प्रयोग गर्नुपर्ने र तामझाम गर्नुपर्नेमा जोड दिए । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलियाले राज्यले गनुपर्ने धेरै कामहरु नीजि क्षेत्रले गरेको बताउँदै मिस टुरिजमलाई सफल पार्न सबैको सहयोग रहनुपर्ने बताए । नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाले मिस टुरिजमलाई सफल पार्न नेपाल पर्वतारोहण संघको सहकार्य रहने बताए । नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य पूर्ण कुँवरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रबद्र्धन गर्न मिस टुरिजम निकै सान्दर्भिक रहेको बताए । सरकारले घोषणा गरेको घुमफिर वर्षलाई सहयोग गर्न प्वाईन्ट मिडिया प्रा.लि.ले एउटा पाटो सम्हालेकोमा बधाई दिँदै मिस टुरिजमलाई सफल पार्न नेपाल पर्यटन बोर्डले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । प्वाईन्ट मिडियाले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रबद्र्धन गर्ने र सरकारले घोषणा गरेको घुमफिर वर्ष २०७३ लाई सहयोग पुर्याउने उद्देश्यले ‘मिस टुरिजम–२०१६’ को आयोजना गर्न लागेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप