मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

युरोकप : बेल्जियमले आयरल्याण्डलाई हरायो

शनिबार, ०४ असार २०७३, २१ : ५४
शनिबार, ०४ असार २०७३
काठमाडौं –युरोकप फुटबलमा बेल्जियमले आयरल्याण्डलाई हराएको छ । शनिबार साँझ भएको खेलमा बेल्जियमले आयरल्याण्डलाई ३–० ले हराएको हो । जितसँगै बेल्जियमले नकआउट चरणमा पुग्ने सम्भावनालाई कायमै राखेको छ । बेल्जियमले समुह चरणको अन्तिम खेल स्वीडेनसँग खेल्ने छ । बेल्जियम र आयरल्याण्डबीचको खेलमा ४८ औं मिनेटमा बेल्जियमका रुमेलु लुकाकुले पहिलो गोल गरे । यस्तै ६१ औं मिनेटमा एलेक्स विटसेल र ७० औं मिनेटमा लुकालुले नै अर्को गोल थपे । हारसँगै आयरल्याण्डको नकटआउट चरणमा पुग्ने सम्भावना कठीन बनेको छ । समुह चरणको पहिलो खेलमा आयरल्याण्डले स्वीडेनसँग बराबरी खेलेको थियो । यस्तै बेल्जियम भने समुह चरणको पहिलो खेलमा इटलीसँग २–० ले पराजित भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप