मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

‘मिसेस साउथ एसिया क्यानडा’ मा नेपाली अनुहार

आइतबार, ०५ असार २०७३, १० : २६
आइतबार, ०५ असार २०७३

क्यानडा - झन्डै एक दशक देखी क्यानडा रहदै आएकी नेपाली चेली सारा मकुची ‘खनाल ‘ यतिबेला एक ‘ब्युटी प्रिजिएन्ट’ प्रतियोगिताको तयारीमा जुटिरहेकी छिन् । रागा मोडल एण्ड रागा प्रोडक्सनले गर्न लागेको  ‘मिसेस साउथ एसिया क्यानडा’ मा  सहभागी हुन लागेकी सारा यो प्रतियोगिता टाइटल जित्ने सपना सहित आफ्नो तयारीमा ब्यस्त छिन् ।

साउथ एसियाका महिला मात्रा सहभागी हुन पाउने यस प्रतियोगितामा नेपालीको प्रतिनिधित्व गर्दै साराले आफ्नो उपस्थिती जनाउने छिन् । यो सौन्दर्य प्रतियोगिता भएपनी साउथ एसिएन कल्चर, सिग्निफिकेन्ट हेरिटेज लगायतका बिषयमा  समेत सहभागीहरुलाई प्रश्न सोधिने छ प्रतियोगीको क्षमता,आत्मविश्वास,ब्यक्तित्वका आधारमा बिजेता छानिने छ ।

जुलाई २३ मा क्यानडाको ब्राम्टोनस्थित रोज थियटरमा हुने यस प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै साराले आफ्नो उपस्थिती जनाउनु नेपाल र नेपालीको लागि गौरव बिषय बनेको छ । यो अबसरलाई सफलतामा बदल्दै प्रतियोगिता आफु बिजय हुने आशा सहित फाइनल चरणको तयारीमा जुटिरहेको सारा बताउछिन् ।यस प्रतियोगितामा उत्कृष्ठ महत्वपूर्ण अवार्ड ‘पिपुल्स च्वाईस अवार्ड’ पनि राखिएको छ यो अवार्डमा जिताउनका लागि फेसबूक प्रयोगकर्ताले आफ्नो फेसबूकमा गई यो लिन्कमा  https://www.facebook.com/Shara-Micucci-For-Mrs-South-Asia-Canada-2016-786830254781592/?fref=photo  लाइक गरी सहयोग पुर्याउन साराले आग्रह गरेकी छिन् ।

१० बर्ष अगाडी पढाईको शिलशिलामा क्यानडा आएकी सारा  एक सफल ब्यिटिसियन ब्यबसायी पनि हुन् उनको क्यानडामा आफ्नै ब्यवसाय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप