मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

क्युक्स् टिन स्टारको पहिलो अडिसन सुरु

आइतबार, ०५ असार २०७३, १० : ४०
आइतबार, ०५ असार २०७३

काठमाडौं– क्युक्स् टिन स्टार नेपाल २०७३ को पहिलो अडिसन शनिवारवाट सुरु भएको छ । मर्निङ्ग ग्लोरी इन्टरमेन्टेन्टको आयोजनामा काठमाडौंको द्वारिका चानमा बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने मुख्य उदेश्यका साथ क्युक्स् टिन स्टार नेपाल २०७३ को पहिलो अडिसन सुरु भएको हो । क्युक्स् टिन स्टार नेपाल २०७३ मा १३ देखि १९ वर्ष भित्रका विभिन्न क्षेत्रबाट आएका बालबालिकालाई समेटीने छ । यो कायक्रमले बालबालिकामा भएको भित्रि र बाहीरी प्रतिभालाई प्रस्फुटन गराउन महत्पूर्ण भूमिका निर्वाह गर्ने मर्निङ्ग ग्लोरी इन्टरमेन्टेन्टका एमडि मोहना क्षेत्री खनालले बताइन् । अडिसन आइतवार सकिने छ । तालिम ११ असार देखि २ साउन सम्म सञ्चालन हुने र फाइलन इभेन्ट कार्यक्रम भने साउनको २ गते राष्ट्रिय नाचघरमा हुने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप