मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मनै लोभ्याउने खप्तडको सुन्दरता (तस्बीरहरु)

आइतबार, ०५ असार २०७३, ११ : ०९
आइतबार, ०५ असार २०७३

डोटी– खप्तडलाई सुुदूरपश्चिमको सुन्दर पर्यटकीय स्थल तथा धार्मिकको रुपमा लिइन्छ । जहाँ पूर्व यूवराज पारस शाह समेत पुगेका छन् । गंगादशहरा मेलाको अबसरमा खप्तड पुगेका पारस मेला सकिएको पाँच दिनसम्म पनि खप्तडमा रहेका छन् । मेला जेठ ३२ गते राती र असार १ गते सम्म लागेको थियो । जिल्ला स्थित सुरक्षा निकायलाई समेत जानकारी नदिई खप्तड पुगेका पारस अझै केही दिन खप्तड मै बस्ने बताइएको छ । पारस जेठ ३१ गते डोटी पुगेका थिए ।

डोटीको नाका हुँदै खप्तड प्रबेश गरेका पारस खप्तड भ्रमणमा आएको जानकारी झिग्राना पुगेपछी मात्रै प्राप्त भएको डोटीका प्रमुख जिल्ला अधिकारी केशब प्रशाद आर्चायले बताए । उनका साथमा केहि साथीहरु पनि रहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप