मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

विश्व योग दिवसको अवसरमा पाशुपत क्षेत्रमा योग शिविर

आइतबार, ०५ असार २०७३, १३ : ५१
आइतबार, ०५ असार २०७३

काठमाडौ– विश्व योग दिवसको अवसरमा पारेर पवित्र पाशुपत क्षेत्रमा सांस्कृतिक कार्यक्रमसहितको पाँच दिने बृहद योग शिविरको आयोजना गरिने भएको छ । पशुपतिनाथ सेवक संघ र आनन्द मार्ग प्रचार संघको संयूक्त आयोजना र नेपाल योग रिट्रिट, लियो क्लब अफ काठमाडौ र गंगाचार्य सहआयोजनामा हुने बृहद शिविरमा नेपाल र भारतका प्रशिद्ध योग गुरुहरुले योग प्रशिक्षण दिनुका साथै कलाकारहरुले भक्तिज्ञान सहितका बृहद् सांस्कृतिक कार्यक्रम समेत गर्ने आईतवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । असार ७ गतेदेखि ११ गतेसम्म पुशपति क्षेत्रमा चल्ने शिविरको असार ६ गते सस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री आनन्द पोख्रेलले गर्ने कार्यक्रम रहेको छ । पत्रकार सम्मेलनमा अन्तराष्ट्रिय योग दिवस आयोजक समितिका संयोजक केदारमान भण्डारीले योगको विकास नेपालमै प्राचिन ऋषि मुनी र योगीहरुले गरेपनि यसको उचित प्रचार प्रसार हुन नसक्दा ओझेलमा परेको भन्दै आफुहरुले यो कार्यक्रममार्फत विश्वलाई योगको आरम्भको विषयमा जानकारी गराउँदै नेपाललाई योग पर्यटनको क्षेत्रको रुपमा विकास गर्ने उद्देश्य लिएको बताए । योग कुनै धर्म विशेषको नभई यो विज्ञान भएकोले यो सबैको जीवनमा उपयोगी हुने धारणा राख्दै योगमार्फत चित्त र मनलाई सुद्ध बनाएर नैतिकवान समाज निर्माण गर्न सकिने बताए । पत्रकार सम्मेलनमा आचार्य महेन्द्रजी, आचार्य पूर्णानन्द, श्यामबाबु आचार्य, शिव नन्दजीलगायतले योगको महत्व र यसको उद्गमको ईतिहासको विषयमा जानकारी दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप