मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

अनाथालयमा हिमालयन बैंकको सहयोग

आइतबार, ०५ असार २०७३, १४ : २९
आइतबार, ०५ असार २०७३

काठमाडौं–हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुढानीलकण्ठ–६, टुसालस्थित “नेपालमा भएका अनाथ असहाय बाल सुधार संघ” का वालवालिकाहरुलाई सहयोग प्रदान गरेको छ । यस अन्तर्गत बैंकले उक्त बाल सुधार संघमा रहेका चौंतीस जना वाल वालिकाहरुलाई खाद्य–सामग्रीहरु (चामल, दाल, चिनी, तेल, नुन, बिस्कुट, गेडागुडीहरु) तथा पकाउने र खाने भाँडाकुँडाहरु (डेक्ची, पे्रसर कुकर, थाल, कचौरा, गिलास, चम्चा) सहयोग गरेको छ ।

देशका विभिन्न स्थानका अनाथ तथा असहाय वालवालिकाहरुलाई उक्त बाल सुधार संघले आश्रय तथा शिक्षा प्रदान गर्दै आईरहेको छ । बैंकका तर्फवाट बैंकका महाप्रबन्धक सुशील जोशीले उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप