मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

एसएलसी प्रिन्सेस २०१६को ताज जोफेनले जितिन्

आइतबार, ०५ असार २०७३, १४ : ५४
आइतबार, ०५ असार २०७३

काठमाडौं–सिजन मिडियाद्वारा आयोजित ह्वाइट हाउस एसएलसी प्रिन्सेस २०१६को ताज एसियन पव्लिक अनामनगरकी १६ वर्षिय जोफेन लामाले जितेकी छन् । लामाले भिर्योस च्वायस अवार्ड र वेष्ट वाकको अवार्ड पनि जित्न सफल भइन् । उनले भिजि सुजुकी लेट्स स्कुटर र हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजको तर्फवाट प्लस टु अध्ययनको लागि १०० प्रतिसत छात्रावृति पाइन् ।

त्यस्तै फस्ट रनरअप प्रतिष्ठा गुरुङले वाजी मारिन् र उनले एम आइ मोवाइल फोन साथै एक लाख वरावरको छात्रावृत्रि पाइन् । सेकेन्ड रनरअप प्रसंसा सिटौला भइन भने प्रसंसाले वेष्ट फिटनेश पनि जित्न सफल भइन् । सिटौलाले एम आइ मोवाइल फोन साथै एक लाख वरावरको छात्रावृत्रि पाइन् । थर्ड रनरअप प्रतिष्मा वाग्ले भइन भने वाग्लेले लिडरसिपको अर्वाड पनि हात पारिन् । फोर्थ रनरअप रोसीका धमलाले वाजी मारिन् भने धमलाले मिस पपुलर अर्वाड पनि जित्न सफल भइन् ।

हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजकी डाइरेक्टर मिना कैनी ,भिजि सुजीकी अटोमोवाइलका जनरल म्यानेजर अधिर कुमार श्रेष्ठ , निर्देशक जनकदीप पराजुली,शिक्षक प्रेम गुरुङ,कान्जीरोवा कलेजकी प्रिन्सीपल सम्झना खरेल , आनका अध्यक्ष सन्तोष श्रेष्ठ र नामी कलेजका शिक्षक टेकनाथ पौडेल निर्णायक मण्डलमा रहेका थिए ।

मिस पर्सनालीटि श्रृना नेपाल,मष्ट ट्यालेन्ट कृष्मा सुवेदी,अर्गनाइजर च्वाइस अवान्तीका भट्राई,मिस डिसिपिलीन रष्मा श्रेष्ठ ,वेष्ट स्कीन सुवीज्ञा पौड्याल, इनोसेन्ट मानसी श्रेष्ठ,वेष्ट फोटोजेनीक अवार्ड सुदीना केसी हेल्दी स्माइल प्रज्ञा अधिकारी विउटीफुल हेयर सवनम थापा ,वेष्ट फेन्डसिप वर्षा थापा,वेष्ट ड्रेस सचिता खत्रि,एकाडमीक अवार्ड प्रास्ना श्रेष्ठ, सोसल सभिर्स अरिना गुरुङ,इन्टेलीजेन्ट अवार्ड सिम्रन वोहरा,वेष्ट आई काजोल सिजापति,मिस पङ्चुवालिटि अस्मीता वोगटी,र फेशवुक लाइक अवार्ड गेष्मा खड्गीले जित्न सफल भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप