मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नक्कली डाक्टर बचाउन वीरगन्जका डाक्टरद्धारा तेश्रो दिन पनि बिरामीको उपचार सेवा ठप्प

आइतबार, ०५ असार २०७३, १८ : २३
आइतबार, ०५ असार २०७३

वीरगंज -नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सीआईबीले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा चिकित्सकहरुलाइ पक्राउ गरेको विरोधमा वीरगन्जका डाक्टरले आज तेश्रो दिन पनि बिरामीको उपचार सेवा ठप्प पारेका छन् । सिआइबीले वीरगन्जबाट अस्ति शुक्रबार नौ जना चिकित्सकलाई पक्रेर लगेपछि डाक्टर त्यही दिन देखि काम ठप्प पारेर हड्तालमा उत्रिएका हुन् । चिकित्सकको हडतालका कारण वीरगन्जका सरकारी तथा नीजी अस्पताल र क्लिनिकमा आज पनि बिरामीले उपचार गराउन पाएका छैनन् । नारायणी उपक्षेत्रीय अस्पताल , नेशनल मेडिकल कलेज , एडभान्स मेडिकेयर , भवानी अस्पताल , वीरगन्ज हेल्थ केयर , गण्डक अस्पतालका साथै निजी क्लिनीकहरुमा आकस्मिक कक्ष बोहक अरु सबै विभागको उपचार सेवा ठप्प भएका छन् ।

डाक्टरहरु तीन दिन देखि हडतालमा उत्रिएका कारण बिरामी र सेवाग्राही अलपत्र परेका छन् । यस्तै नेपाल चिकित्सक संघको आह्वानमा वीरगन्जमा रहेका प्याथोलोजी सेन्टर ,एक्सरे सेन्टर र अधिकांश औषधी पसलहरु पनि आज देखि बन्द भएका छन् ।

यसैबिच पक्राउ परेको विरोधमा नेपाल चिकित्सक संघले वीरगन्जमा आज विरोध जुलुश पनि प्रदर्शन गरेको छ । नारायणी उपक्षेत्रीय अस्पताल परिसरबाट संघले निकालेको जुलुशमा सहभागी डाक्टरले जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी ओलीलाइ २४ घण्टे अल्टिमेटम सहितको ज्ञापन पत्र पनि बुझाएका छन् ।

चिकित्सक संघ नारायणी अन्चल शाखाका निमित्त अध्यक्ष डाक्टर प्रमोद सर्राफको अगुवाइमा रहेका डाक्टरहरुले पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे मार्फत प्रधानमन्त्री ओलीलाइ ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र मार्फत चिकित्सक संघले पक्राउ परेका चिकित्सकहरुलाइ २४ घण्टा भित्र बिना शर्त रिहा नगरिए भोलि देखि वीरगन्जका अस्पताल र नर्सीङ होममा आकस्मिक उपचार सेवा पनि ठप्प पार्ने चेतावनी दिएको छ । यसैगरि संघले राष्ट्रिय मानव अधिकार आयोगलाइ पनि आज ज्ञापन पत्र बुझाएको छ ।

सिआइबीले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सकीय अभ्यास गर्दै आएको भन्दै अस्ति शुक्रबार नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत तीन जना , नेशनल मेडिकल कलेजका चार जना र नीजी क्लिनीक सन्चालन गरेका दुइ जना गरि कुल नौ जना चिकित्सकलाइ पक्राउ गरेर काठमाण्डौ लगे पछि वीरगन्जका डाक्टरहरु त्यही दिन देखि हडतालमा उत्रिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप