मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बौद्ध शान्ति फाउन्डेसनको अध्यक्षमा रेग्मी

आइतबार, ०५ असार २०७३, १६ : १९
आइतबार, ०५ असार २०७३

काठमाडौँ– राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा बौद्ध दर्शन तथा साहित्यलाई प्रवद्र्धन गर्दै विश्व शान्ति कायम गर्ने उद्देश्यले इन्जिनियर सन्ध्या रेग्मीको अध्यक्षतामा ‘बौद्ध शान्ति फाउन्डेसन’ स्थापना गरिएको छ ।

उक्त फाउन्डेसनको उपाध्यक्षमा अरुण कोइराला, भिक्षु उत्तम र भिक्षु विमल छन् भने महासचिवमा डा सञ्जयकुमार श्रेष्ठ रहेका छन् । सचिवमा संजोगदेव र कोषाध्यक्षमा सह–प्राध्यापक सुजातादेव छन् । संस्थाको सदस्यमा सम्पत घिमिरे, वामदेव शर्मा, सरोज लामिछाने र आस्था राज्यलक्ष्मी कार्की छन् ।

संस्थाका अध्यक्ष रेग्मीले बौद्ध शिक्षा मानव कल्याणका लागि उपयोगी रहेको बताउँदै बुद्ध जन्मस्थल लुम्बिनी तथा त्यस आसपास क्षेत्रको महत्वका बारेमा विश्वमा सन्देश फैलाउने प्रतिवद्धता व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप