मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

तीन कार्यालय डुबानमा

आइतबार, ०५ असार २०७३, १६ : २१
आइतबार, ०५ असार २०७३
गौशाला–सदरमुकाम जलेश्वरमा आज अचानक परेको पानीले यहाँका तीनवटा कार्यालय डुबानमा पारेको छ । करिब ११ बजेतिर परेको पानीका कारण जलेश्वरमा अवस्थित नेपाल प्रहरी, जिल्ला अदालत र कारागार कार्यालय डुबानमा परेका हुन् । वर्षाको पानीले तीनवटै कार्यालय परिसर जलमग्न भएका छन् भने अगाडिको बाटो र नालासमेत नदेखिने अवस्थामा पुगेको छ । जिल्लाको तीन महत्वपूर्ण कार्यालय वर्षाको पानीले जलमग्न भएपछि सुरक्षाकर्मी, जिल्ला अदालतका कर्मचारी र कारागार कार्यालयका कर्मचारीलाई काम गर्न समस्या भएको छ । साथै, तीनवटै कार्यालयमा कामको सिलसिलामा आएका सेवाग्राहीलाई पनि समस्या भएको छ । निकासको उचित व्यवस्था नभएका कारण पानी परेपछि पटक÷पटक यी कार्यालय डुबानमा पर्ने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप