मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कान्तिपुर मेडिकल कलेजका मालिक नै नक्कली डाक्टर !

आइतबार, ०५ असार २०७३, १६ : ३१
आइतबार, ०५ असार २०७३

काठमाडौं–कान्तिपुर जनरल एण्ड डेन्टल हस्पिटल सामाखुसीका डाक्टर समेत नक्कली आरोपमा समातिएका छन् । पक्राउ परेका बुद्धिमान श्रेष्ठ अस्पतालका मालिक समेत रहेको बताइएको छ । स्याङ्जा घर भई हाल काठमाडौं महानगरपालिका ४ बस्दै आएका उनी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सिआईबीले’ चलाएको अपरेसनको क्रममा समातिएका हुन् । सीआईबीले देशभर चलाएको अपरेशनका क्रममा उनीसहित ३६ नक्कली डाक्टर पक्राउ परेका छन् । ०७२ माघदेखि मेडिकल काउन्सिल, उच्च माध्यमिक शिक्षा परिषद् र केन्द्रीय अनुसन्धान ब्युरोले संयुक्त रुपमा शुरु गरेको अपरेशन ‘क्वाक’ अन्तर्गत ठूलो संख्यामा नक्कली डाक्टरहरु पक्राउ परेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप