मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

संविधान कार्यान्वयनका लागि सबैले तदारुकता देखाउनुपर्ने

आइतबार, ०५ असार २०७३, १६ : ३९
आइतबार, ०५ असार २०७३

विराटनगर– नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिँह केसीले प्रमुख प्रतिपक्षका रुपमा काँग्रेस मुलुकको समस्या समाधान गर्न तत्पर रहेको बताएका छन् । नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उनले संविधान जारी हुनु ऐतिहासिक उपलब्धि भएकाले यसको कार्यान्वयनका लागि सबै दलले तदारुकता देखाउनुपर्ने विषयमा जोड दिए ।

वर्तमान सरकारको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्न नसक्ने स्पष्ट पार्दै उनले नेपाली काँग्रेसको नेतृत्वमा सो सरकार गठन हुनुपर्ने बताए । उनले निर्वाचनबाट पार्टी डराउँदैन तर निर्वाचनले समस्यालाई समाधानको सट्टा बल्झाउन सकिने सम्भावना व्यक्त गरे ।

उनले उत्तर–दक्षिणको प्रादेशिक राज्यका साथै पूर्वपश्चिम राज्यको पक्षमा काँग्रेस रहेको स्पष्ट पारे । उनले कतिपय नक्कली पीडित देखिएको र कतिपय वास्तविक पीडित छुटेकाले त्यसलाई राहत उपलब्ध गराउनुपर्ने औंल्याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप