मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नेविसङ्घः विवादित समस्या समाधान गर्न सात सदस्यीय कार्यदल

आइतबार, ०५ असार २०७३, १७ : ०५
आइतबार, ०५ असार २०७३

काठमाडौँ– नेपाल विद्यार्थी सङ्घले ११ औँ महाधिवेशनमा पर्ने विवादित समस्या समाधान गर्न सात सदस्यीय कार्यसमिति गठन गरेको छ ।

नेविसङ्घका केन्द्रीय अध्यक्ष रञ्जित कर्णले आज विज्ञप्ति जारी गरी लीलाबल्लभ दाहालको नेतृत्वमा नयाँ कार्यदल गठन गरेको उल्लेख गर्नुभएको छ । कार्यदलका सदस्यमा सुरेन्द्र राई, अशोक बस्ताकोटी, विष्णु जोशी, प्रकाश महर्जन, जित शेरचन र सन्तोष कट्टेल रहेका छन् ।

उक्त कार्यदलले विवादित विषयवस्तुलाई सहमतिका आधारमा समाधान गरी एक महिनाभित्र केन्द्रीय समितिलाई प्रतिवेदन पेस गर्न आग्रह गरेको छ । सङ्घीय संरचनामा मुलुक गएको र सङ्घीयताले रुकुम र नवलपरासीलाई दुई प्रदेशमा विभाजन गरेकाले सङ्घीयताका आधारमा निर्वाचन गर्दा सीमाङ्कनका आधारमा महाधिवेशन प्रतिनिधिको नामावली तयार गरी केन्द्रीय समितिमा प्रतिवेदन पेस गर्र्न दुई जिल्लामा दुई÷दुई जनालाई खटाइएको विज्ञप्तिमा उल्लेख छ ।

नवलपरासीका लागि अशोक बस्ताकोटी र गोकुल सापकोटाका साथै रुकुमका लागि वीरेन्द्रकुमार सल्यानी र युवराज खड्का रहेका छन् । यस्तै नेविसङ्घको ११ औँ महाधिवेशन सम्पन्न गराउनका लागि नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहको संयोजकत्वमा गठित समितिले महाधिवेशन प्रतिनिधिको नामावली तयार पार्न पु-याएको योगदानको कदर गर्दे आभार प्रकट गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप