मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

चट्याङ लागेर दुईको मृत्यु

आइतबार, ०५ असार २०७३, १७ : ०९
आइतबार, ०५ असार २०७३
हेटौँडा  -हेटौँडा उपमहानगरपालिका वडा नं २७ मा शनिबार साँझ हुरी बताससँगै परेको चट्याङले दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सोही वडा बस्ने ४६ वर्षीया तारा रुम्बा र २५ वर्षीय कुमार वल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । चट्याङमा परी स्थानीय बासिन्दा पाँच जना सामान्य घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृतकको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा ल्याइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप