मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

गाबिस सचिबहरु मासिक आठ दिन मात्र कार्यलयमा !

आइतबार, ०५ असार २०७३, १७ : ३०
आइतबार, ०५ असार २०७३

ओखलढुंगा – ओखलढुंगा जिल्लामा गाबिस सचिबहरु महिनामा आठ दिन मात्र कार्यलयमा बस्ने गरेको पाईएको छ । स्थानिय सरकारको जवाफदेहिता अभिबृद्धि परियोजना जिल्ला परियोजना सहयोग इकाई ओखलढुंगाले हालै मात्र सार्बजनिक गरेको सुशासनको अवस्था बिषयक प्रतिबेदनमा यस्तो पाईएको हो । परियोजनाले आर्थिक बर्ष २०७१÷०७२ को अवधिमा अनुसन्धान तथा अनुगमन गर्दा गाबिस सचिबहरु औषतमा महिनामा आठ दिन मात्र कार्यलयमा बस्ने गरेको पाईको थियो । उनीहरु महिनामा २२ दिन कार्यलय भन्दा बाहिरै रहने गरेको प्रतिबेदनमा उल्लेख छ । केहि गाबिसका गाबिस सचिबहरु त गाँउ स्तरको अधिबेशनका समयमा मात्र गाँउमा जाने गरेको पाईएको सर्बसाधरणहरुको भनाई छ । जसका कारण अत्यावस्यक सेवाका लाागी कार्यलयमा पुग्ने सर्बसाधारणहरु सचिब नभेटिदा समस्यामा पर्ने गरेको उनिहरुको भनाई छ । सचिबहरु सदरमुकाम तथा सुगम स्थलमा बढि भेटिने भएकाले दुर्गम गाबिसहरु सचिब बिहिन बनेको प्रतिबेदनमा उल्लेख छ । तर गाबिस सचिब हकहित संरक्षण केन्द्रका अध्यक्ष ईश्वर ढुंगानाले भने एसएएलजिपीले सार्बजनीक गरेको तथ्याङक तथ्यहिन भएको र सबै गाबिस सचिबहरु गाँउमै बसेको दाबी गरे । हाल ओखलढुंगामा १ नगरपालीका सहित ५० ओटा गाबिसहरु रहेको भएपनि गासिब सचिबहरुको संख्या ३४ मात्र रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप