मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

ओखलढुंगाको रानीबनमा खोरेत रोगको माहामारी

आइतबार, ०५ असार २०७३, १७ : ३२
आइतबार, ०५ असार २०७३
ओखलढुंगा – ओखलढुंगाको रानिबन गाविसमा खोरेत रोगको माहामारी फैलिएको छ । रानिबन गाबिस वडा नः९ र ४ का कृषकहरुको पशुबस्तुमा खोरेत रोगको प्रकोप फैलिएको हो । रोगका कारण रानिबन गाबिसको वडा नम्बर ९ मा मात्रै झन्डै २० घर कृषकका पशुबस्तु बिरामी परेका छन् । त्यस्तै गाबिसकै वडा नम्बर ४ मा पनि केहि पशुबस्तुमा रोग देखा परेको जिल्ला पशु सेवा कार्यलय ओखलढुंगाले जनाएको छ । यता जिल्लाको फुलबारी गाबिसको वडा नम्बर २ मा पनि उक्त रोग देखा परेको छ । रोगका कारण अहिले सम्म गाई,गोरु, भैसी, बाख्रा लगायत गरी झन्डै ६० ओटा पशुबस्तु बिरामी परेको संबन्धित क्षेत्रका कृषकहरुले बताएका छन् । रोगको उपचारका लागि जिल्ला पशु सेवा कार्यलयबाट भ्याक्सिन सहितको उपचारको टोली तत्काल उक्त स्थानमा पुगेको कार्यलयले जनाएको छ । माहामारी फैलिएको स्थानमा आईतबार मात्र २ सय डोज भ्याक्सिन लगाईएको रानिबन पुगेका पशु भेटेनरी डक्टर ईन्द्र गिरीले जानकारी दिए । रोग फैलन नदिन सो स्थानबाट पशुबस्तु ओसारपसारमा रोक लगाईएको उनको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप