मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कोरियन भाषा परीक्षामा नक्कली परीक्षार्थीको विगविगी, ८८ जना पक्राउ

आइतबार, ०५ असार २०७३, १७ : ४६
आइतबार, ०५ असार २०७३

काठमाडौं– रोजगार अनुमति प्रणालीअन्तर्गत सातौँ इपिएस कोरिया भाषा परीक्षामा सहभागी हुन आएका ८८ जना नक्कली परीक्षार्थीहरुलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । आइतबार पहिलो सिफ्टमा भएकोे उक्त परीक्षामा काठमाडौंका विभिन्न परीक्षा केन्द्रबाट ११ जना र ललितपुरबाट १० जना गरी २१ जनालाई तथा दोस्रो सिफ्ट  काठमाडौँबाट ३८ जना पुरुष ,१ महिला र १ जना बिचौलिया सहित ५७ जना तथा ललितपुसरबाट १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यसअघि शनिबारको परीक्षामा पनि ३१ नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकाहरूलाई हिरासतमा राखी कानुनबमोजिम कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

यस वर्ष ५२ हजार २२२ पुरुष र आठ हजार ४०४ महिलाले परीक्षाका लागि आवेदन दिएकामा कृषितर्फ ३७ हजार १७५ र उत्पादनमूलक क्षेत्रमा २३ हजार ४५१ छन् ।

यस वर्ष तीन हजार १०० लाई उत्तीर्ण गराइने र तीमध्ये एक हजार उत्पादनमूलक क्षेत्र र दुई हजार १०० जना कृषिका लागि दक्षिण कोरिया लगिनेछन् । काठमाडौँ उपत्यकामा १८ र पोखरामा तीन परीक्षा केन्द्र तोकिएका छन् ।

आगामी साउन ११ गते परीक्षाफल प्रकाशन भई उत्तीर्ण भएकाहरू सन् २०१७ देखि कोरिया जान पाउने छन् । हालसम्म ३८ हजार जना भाषा परीक्षामार्फत कोरिया गएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप