मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिलाई उपराष्ट्रपतिको ब्रिफिङ

आइतबार, ०५ असार २०७३, १७ : ५४
आइतबार, ०५ असार २०७३

काठमाडौं–राष्ट्रपति विद्यादेवि भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले आफ्नो चीन भ्रमणबारे व्रिफिङ गरेका छन् । आइतबार अपरान्ह राष्ट्रपति कार्यालय, शितल निवास पुगेर उपराष्ट्रपतिले राष्ट्रपतिलाई आफ्नो चीन भ्रमण पूर्ण सफल भएको बारे व्रिफिङ गरेका हुन् ।

उपराष्ट्रपतिको व्रिफिङमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी थिए । उपराष्ट्रपतिको कार्यालयले उपराष्ट्रपतिको चीन भ्रमण सम्बन्धि लिखित प्रतिवेदन तयार पारेर राष्ट्रपतिलाई र सोको बोधार्थ प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको छ । उपराष्ट्रपति पुनले २८ जेठ देखि २ असारसम्म चीनको औपचारिक भ्रमण गरेका थिए । चीन भ्रमणको क्रममा उनँले ३० जेठमा युनान प्रान्तको कुन्मिङमा आयोजित चौथो चीन–दक्षिण एशिया एक्स्पो तथा २४ औँ चीन–कुन्मिङ आयात निर्यात बस्तु व्यापार मेलाको उद्घाटन समारोह र ११ औँ चीन दक्षिण एशिया बिजनेश फोरमलाई सम्बोधन गरेका थिए । उपराष्ट्रपतिले राष्ट्रपति र प्रधानमन्त्रीलाई आफ्नो भ्रमणको व्रिफिङ गर्ने क्रममा आफ्नो भ्रमण पूर्ण रुपमा सफल भएको र भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाई दिएको बताए । उनले आफ्नो भ्रमणले चीनका राष्ट्रपतिको नेपाल भ्रमणको लाथि थप वातावरण बनेको समेत बताए । उपराष्ट्रपतिले चीन भ्रमणको क्रममा राष्ट्रपति विद्यादेवि भण्डारीले चीनका राष्ट्रपति शि जिनपिङलाई नेपाल भ्रमणका लागि पठाएको लिखित निमन्त्रणा पत्र चिनियाँ उपप्रधानमन्त्री वाङ याङ मार्फत हस्तान्तरण गरेका थिए ।

उपराष्ट्रपतिले व्रिफिङमा आफूले चीनमा अन्तर्राष्ट्रिय फोरमहरुमा विदेशी लगानीकर्ताहरुलाई नेपालमा संविधान जारी भएपछि राजनीतिक स्थायित्व कायम भएको र पूर्ण लगानीमैत्री वातावरण बनेको विश्वास दिलाउँदै विदेशी लगानीकर्ताहरु आकर्षित हुने बताए । उनले आफूले नेपाल चीन सम्बन्ध नङ र मासुको रुपमा विकास हुँदै गएको धारणा राखेको समेत व्रिफिङ गरे । उपराष्ट्रपतिले आफ्नो भ्रमणका क्रममा भएका द्विपक्षीय छलफलमा प्रवेश गरेका एजेण्डाहरुलाई टुंगाउन सरकार र सम्बन्धित मन्त्रालय तथा विभागहरुमार्फत थप छलफल गर्नुपर्ने सुझावसमेत दिएका छन् । उपराष्ट्रपति पुनले आफ्नो व्रिफिङमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा भएको व्यापार पारवहानलगायतका संझौताले दुई देशबीचको सम्बन्धलाई झनै माथि उठाएको चीनियाँ पक्षको बुझाई रहेको आफूले पाएको बताए । विभिन्न चरणमा भएका द्विपक्षीय संझौताहरुको तिव्र कार्यान्वयन होस् भन्ने चीनको चाहाना रहेको समेत व्रिफिङ गरेका छन् ।

भेटमा राष्ट्रपतिले चीनको सफल भ्रमणको लागि उपराष्ट्रपतिलाई बधाई दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप