मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरी महानिरीक्षक राईबाट खनाल र पुनलाई दर्ज्यानी चिन्ह प्रदान

आइतबार, ०५ असार २०७३, १८ : ०१
आइतबार, ०५ असार २०७३

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नती भएका शैलेन्द्र खनाल र जीतबहादुर पुनलाई असार ५ गते सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा दज्र्यानी चिन्ह प्रदान गरे ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय खनाल र पुन नेपाल सरकार मन्त्रिपरिषदको यही असार २ गतेको निर्णयले सो दर्जामा पदोन्नती भएका थिए ।

सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले त्यसअवसरमा उनीहरुको योग्यता र कार्यदक्षताको कदर गरेर विशिष्ट श्रेणीको पदमा एक तह पदोन्नती गरिएको बताउँदै संगठन र सरकारले जुन विश्वास गरेर यो पद दिएको छ, त्यो विश्वास पुरा हुने ढंगले उनीहरुले आगामी दिनहरुमा समेत उत्कृष्ट कार्यसम्पादन गरिरहने विश्वास व्यक्त गरे ।

सशस्त्र प्रहरी नियमावलीले बृत्तिविकासको अवसर निर्धारण गरेको चर्चा गर्दै उनले व्यावसायीक रुपमा उत्कृष्ट हुँदै जिम्मेवारीपूर्ण ढंगले दायित्व निर्वाह गरिरहेमा सशस्त्र प्रहरी कर्मचारीको व्यावसायीक भविष्य उज्वल रहेको उल्लेख गरे ।

सशस्त्र प्रहरी महानिरीक्षक राईले सशस्त्र प्रहरी बलमा ‘प्रिन्सीपल स्टाफ कमिटी’ (पीएससी) बैठक राखि सामूहिक निर्णय गर्ने पद्धतीको सुरुवात गरिएको उल्लेख गर्दै एकल नेतृत्व भन्दा सामूहिक छलफलबाट हुने निर्णयले संगठनको सफलतामा सघाउ पुग्ने बताए ।

व्यावशायीक जिम्मेवारी निर्वाहमा इमान्दारीपूर्वक कटिवद्ध रहनुपर्ने चर्चा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राईले भने– ‘सधैं उत्कृष्ट कार्य गरेमा संगठन र राज्यले मूल्यांकन गर्नेछ र बृत्तिविकासमा योगदान पुग्नेछ ।’

उक्त विशेष समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु कृष्णकुमार तामाङ, सिंहबहादुर श्रेष्ठ, प्रेमकुमार शाही र प्रकाश ओझा लगाएत सशस्त्र प्रहरी बलका बरिष्ठ अधिकृतहरुको समेत उपस्थिति रहेको थियो । त्यसअवसरमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती शीला राई लगाएत उपाध्यक्षहरु श्रीमती सरिता श्रेष्ठ, श्रीमती आशा शाही, श्रीमती मुना ओझा र श्रीमती सरिता खनाल लगाएत संघका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो । वि.सं. २०४९ साल बैशाख १९ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक पदबाट सेवा प्रवेश गरेका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनाल २०५८ साल बैशाख १३ गते सशस्त्र प्रहरी बलतर्फ स्थानान्तरण भएका हुन् । संयुक्त राज्य अमेरिका, इटाली, जोर्डन, जर्मनी, चिन र भारतबाट गरी विभिन्न सात वटा तथा स्वदेशमा गरी २० भन्दा बढि व्यावसायीक तालिम हासिल गर्नुभएका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक खनाल सुप्रबल जनसेवाश्री तृतीयसहित १३ विभुषण, मानपदवी, अलंकार तथा पदकबाट सुशोभित छन् । यसैगरी वि.सं. २०४३ साल फागुन १३ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक पदबाट सेवा प्रवेश गरेका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक जीतबहादुर पुन २०५८ साल जेष्ठ ८ गते सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका हुन् । स्वदेश तथा विदेशमा गरी कूल ११ वटा व्यावसायीक तालिम हासिल गरेका उनले ९ विभुषण, मानपदवी, अलंकार तथा पदकबाट सुशोभित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप